गीट कसरी चलाउने

परिचय

गीट भनेको फाइलको भर्सन मिलाउने एउटा अनुप्रयोग हो। कुनै पनि परियोजनामा कुनै फाइलहरूको विभिन्न भर्सन राख्नु पर्छ भने यो प्रयोग गर्दा धेरै सजिलो हुन जान्छ।

कसरी प्रयोग गर्ने

पहिला कुनै पनि परियोजनाको सुरुवात गर्नका लागि कुनै पनि डाइरेक्ट्रीमा गएर त्यहा यो कमान्ड हान्ने।

folder/location/ $ git init
Initialized empty Git repository in /folder/location/.git/

यसले के भन्छ भन्दाखेरी यो डाइरेक्ट्री अब गीटले नियन्त्रण गर्न मिल्छ।

अब यो डाइरेक्ट्रीमा कुनै नयाँ एउटा फाइल बनाऔँ। सामान्यतः हामी एउटा README.md भन्ने फालइल बनाउँछौँ त्यो बनाएर हेरौँ है त।

folder/location/ $ echo "This is a Readme file " > README.md

यो गर्दा अब नयाँ एउटा नयाँ फाइल बनेर त्यसमा केही कुरा लेखिन्छ। अब यसमा भएको कुरालाई गीटले नियन्त्रण गर्न सुरु गर्नुभन्दा पहिले हेरौ है त गीटको अहिलेको अवस्था के छ?

folder/location/ $ git status
On branch master

No commits yet

Untracked files:
  (use "git add <file>..." to include in what will be committed)
	README.md

nothing added to commit but untracked files present (use "git add" to track)

यसले के भन्यो भन्दाखेरी यहाँ एउटा फाइल छ तर त्यसलाई हामीले नियन्त्रण गर्न सुरू गरेका छैनौँ। त्यसलाई नियन्त्रण गर्न सुरू गराउन त्यसालई थप्नुपर्छ त्यसको लागि git add गर्नुपर्छ।

folder/location/ $ git add README.md

यो गर्दा गीटले थाहा पाउँछ कि अब हामीले यो फाइललाई गीटद्वारा नियन्त्रण गर्न चाहन्छौँ। यसको अवस्था थाहा पाउन फेरी git status जाँच गरौँ है त।

folder/location/ $ git status
On branch master

No commits yet

Changes to be committed:
  (use "git rm --cached <file>..." to unstage)
	new file:   README.md

अब यो स्टाटस माथिको भन्दा फरक देखियो। अब त्यो फाइलको अगाडी Changes to be committed: भनेर आयो। यो भनेको अब यो फाइलमा भएको परिवर्तनलाई हामीले नियन्त्रण गर्न चाहन्छौँ तर त्यो गरिसकेका छैनौँ भन्ने हो। अब कमिट गर्नु भनेको चाहिँ त्यो फइलमा भएको परिवर्तनलाई पूर्णता दिनु जस्तै हो। त्यसको लागि हामी गीट कमिट गर्छौ। कमिट गर्दा त्यसको पछाडी -m अप्सन दिएर केही सन्देश पनि राख्नु पर्छ।

folder/location/ $ git commit -m 'Initial commit'
[master (root-commit) 01685d9] Initial commit
 1 file changed, 1 insertion(+)
 create mode 100644 README.md

यो गरिसकेपछि चाहिँ अब गीटले यो फाइलमा भएको सबै परिवर्तन सुरक्षित गरेर राख्छ। त्यसपछि हामीले यसको अवस्था हेर्‍यौँ भने कस्तो देखिन्छ त?

folder/location/ $ git status
On branch master
nothing to commit, working tree clean

अब गीटले, यसमा भएका सबै फाइलहरूका परिवर्तनहरूलाई सुरक्षित गरिसकियो केही पनि गर्न बाँकी छैन भन्छ।

अब हामीले गीटको इतिहास हेर्न खोज्यौँ भने कस्तो आउँछ त? त्यसको लागि git log भन्ने कमान्ड छ त्यो प्रयोग गरी हेरौँ।

folder/location/ $ git log
commit 01685d9ff401fa2032774298b1f0a99bf6fd1787 (HEAD -> master)
Author: Author Name <author@email.adr>
Date:   Thu Sep 16 20:58:09 2021 -0400

    Initial commit

यसमा अब हामीले धेरै जानकारी पाउँछौ। जस्तो कि त्यो कमिट गर्नेको नाम, इमेल र त्यसको समयको सबै जाकारी पाउँछौँ। अर्को अलि क्रिप्टक लाग्ने सन्देश भनेको यसको पहिलो लाइनमा आउको अक्षराङ्की हो। त्यसमा commit <alphanumeric> (HEAD -> master) भन्ने देखिन्छ। यो भनेको यसको परिचायक हो भन्ने बुझौँ अहिलेलाई। यसको बारेमा थप कुरा पछि गरौँला।