शब्दान्तका स्वरवर्णका नेपाली उच्चारणका बारेमा

पृष्ठभूमी

हिजोआज मैले नेपाली सञ्चार माध्यमहरूमा नेपाली गीत सङ्गीतका कार्यक्रमहरूमा भएको वृद्धिलाई केही हदसम्म नियाल्न खोजेको छु। धेरै हदसम्म यी व्यापारिका कर्यक्रमहरू भए पनि तिनले नेपाली भाषा, सङ्गीत र दर्शकहरूमा पुर्‍याएका धेरै सकारात्मक प्रभावहरूलाई नकार्न सकिँदैन। यति हुँदा हुँदै मैले यिनमा देखेका केही कुराहरू जसले समग्र भाषाको गमनको दिशातर्फ इङ्गित गर्छन् तिनलाई नियाल्न खोजेको छु।

स्वर र ब्यञ्जण वर्णहरूका उच्चारणमा भिन्नता

नेपाली भाषामा स्वर वर्णहरू र व्यञ्जण वर्णहरूको स्पष्ट भिन्नता रहेका छन्। सामान्यतः स्वर वर्णहरूको उच्चारणमा घाँटिबाट स्वाश फाल्दाखेरी कुनै अवरोध हुँदैन भने ब्यञ्जण वर्णहरूको उच्चारणमा केही न केही अवरोध हुन्छ। जस्तो कि नेपाली भाषाको पहिलो स्वर वर्ण अ को उच्चारण गर्दा फोक्सोबाट घाँटी हुँदै फालिने स्वाशमा केही पनि अवरोध हुँदैन। फोक्सोदेखि बाहिरसम्म बिना अवरोध स्वाश प्रवाह हुन्छ। व्यञ्जण वर्णमा भने केही न केही किसिमको अवरोध हुन्छ। जस्तो कि क अक्षरको उच्चारण गर्दा हामीले फोक्सोबाट हावा निकालेर घाँटीमा अवरोध खडा गरी केही दबावका साथ हावा फाल्छौँ। यसार्थ स्वर वर्ण र ब्यञ्जण वर्णको उच्चारणमा यो स्पष्ट भिन्नता छ।

शब्दान्तका स्वर वर्णहरू

धेरै नेपाली शब्दहरू स्वर वर्णमा अन्त्य हुन्छन्। लेखिँदा शब्दको अन्त्यमा हलन्त लाग्ने र उच्चारणमा हलन्त उच्चारण गरिने भए पनि लेख्दा हलन्त नलेखिने केही शब्दहरूको शब्दान्तमा ब्यञ्जण वर्णको उच्चारण हुन्छ। जस्तो कि : किताब, कलम खेल आदि।

शब्दान्तमा स्वर उच्चारण हुने केही शब्दहरू : किताबको, कलमलाई, खेलमा इत्यादि।

गीतमा शब्दहरूको उच्चारण

गीत सङ्गीतका बारेमा मेरो ज्ञान अत्ति नै न्यून भएपनि श्रोताका रूपमा मेरा केही अवलोकणहरू छन्। गीत गाउँदा केही शब्दहरूका उच्चारण अलि तन्काएर हुन्छ। जस्तो कि मलाई भन्ने शब्द कहिलेकाहिँ अन्तिमको ई लाई तन्काएर मलाईईईईईई को रूपमा उच्चारण हुन्छ भने कहिलेकाहिँ ला लाई तन्काएर मलालालालालाई को रूपमा उच्चारण हुन्छ। यसरी उच्चारण गर्दा मैले धेरैजसो अवस्थामा के पाउने गरेको छु भने धेरै जनाले यसरी अन्त्यमा आउने जुनसुकै स्वर वर्णको उच्चारण गर्दा ह ब्यञ्जणको प्रयोग। जस्तो कि मलाईको ई लाई तन्काउँदा मलाहिईईईई वा मरो को ओ को उच्चारण गर्दा मेरोहोओओओओओ इत्यादि।

ह वर्णको प्रयोग

मेरो अवलोकणमा यस्तो धेरैले गरेको पाएको छु। म व्यक्तिगत रूमा हेर्दा के पाउँछु भने, ह वर्णको प्रयोग नगरी स्वर वर्णहरूको उच्चारण गर्दा राम्रो सुनिन्छ। मैले दिएका उदारहरणहरू बाहेक अन्य धेरै अवस्थामा शब्दान्तको स्वर वर्णलाई तन्काउँदा वा कतिपय अवस्थामा नतन्काउँदै पनि ह वर्णको प्रयोग गलत रूपमा भएको पाएको छु।

अन्त्यमा

उच्चारण सही गर्न सकिने ठाउँमा सही उच्चारण गर्दा हाम्रो यति सुन्दर भाषा संरक्षित र सुन्दर नै रहन्छ। सकेसम्मा नियममा बसेर भषाको प्रयोग गर्न सकियो भने सबैको भलो नै हुन्छ नि होइन र।

नोट: नेपाली भाषाको मेरो ज्ञान अत्यन्त्तै न्यून छ, र मेरा धारणाहरू गलत पनि हुन सक्छन् तर यसमा सच्चिन म हरदम तयार छु।