आँशु हाँसोे

आँशु हाँसो

रत्ती आँशु तिमी नरोइदेऊ
बरू एक अट्टाहस मेरो लागि हाँसिदेऊ
संवेदनै त हुन् यिनीहरू
वस रोदनलाई उमङ्गमा बदलिदेऊ

एक चुट्किला सुन तिमी
निस्फिक्री वातावरण गुञ्जाइदेऊ
दुःखका कहानी सुन्यौ भने तर
अन्तस्करणमै तिनलाई बिलाइदेऊ

यो नियम हो समाजको
हाँसो यहाँ सर्वस्वीकार्य छ
किञ्चित आँखा नरसाइदेऊ तिमी
कमजोरी यहाँ वर्जित छ

आँसुलाई जबरजस्ती यहाँ
कलङ्को टीका लगाइएको छ
वस् अर्को समवेदना हाँसोलाई
महानताको पगरी गुथाइएको छ

लुकाइदेऊ हजार प्रयासको इतिहास
आसफलता समाजमा घृणित छ
बरू एक तक्मा जितिदेऊ तिमी
विजय यहाँ सम्मानित छ