भाषाको निधन

परिचय

हामीसँग अहिले एउटा सिङ्गो पुस्ता छ जसले नेपाली भाषामा आफूलाई राम्रोसँग ब्यक्त गर्न सक्दैन। व्याकरणीय त्रुटीलाई एकैछिन छोडेर हेर्ने हो भने पनि यो पुस्ताले विशेषगरी अङ्ग्रेजी भाषाका केही शब्द प्रयोग नगरी नेपाली भाषामा आफ्नो भनाई व्यक्त गर्न सक्दैन।

यसका लागि जिम्मेवार केही विषायहरूलाई मैले बुँदागत रूपमा प्रस्तुत गरेको छु। हामीले यस्तो गैर जिम्मेवार अवस्थाको सिर्जना गरिदियौँ की मानौँ अङ्ग्रेजी भाषा भनेको वौद्धिकताको पर्याय हो। भाषाको ज्ञान भनेको बौद्धिकताको द्योतक कदापी होइन।

यसमा नयाँ पुस्ताको दोष त्यत्ति धेर छैन जति हाम्रो छ। उनीहरूले बोलिचालीमा जे सुने त्यही बोल्ने हो। हामीले नै भाषालई प्रदुषित र अपाङ्ग बनाइदियौँ भने उनीहरूले ग्रहण जे कुरा गरे सोही कुरा ठीक हो जस्तो लाग्छ किनकी भषा सिकाइको माध्यम नै त्यही हो।

के कुरालाई गलत रूपमा नलिइयोस् भने अङ्ग्रेजी हामीले सिक्नु पर्दैन। मेरो भनाई त्यो होइन। विशेष गरी अहिलेको समय जहाँ इन्टरनेटमा धेरै जानकारी सजिले भेट्न सकिन्छ र ती विशेषगरी अङ्ग्रृजी भाषामा हुने भएकाले तिनलाई ग्रहण गर्न वा विश्वबजारको अवस्था थाहा पाउन एउटा अन्तर्राष्ट्रिय भाषा जान्नु उपयुक्त हुन्छ। अङ्ग्रेजी भाषा नजानेका र आफ्नै मातृभाषामा मात्र आफूलाई ब्यक्त गर्न सक्ने कयौँ वैज्ञानिक, भौतिकशास्त्री वा अन्य विधाका विद्वानहरूले विश्वमा अतुलनीय योगदान पुर्‍याएका छन्। हामीले हाम्रो भाषालाई यसरी नै नकार्दै जाने हो भने भाषाको मृत्यू निश्चितप्राय छ।

हाम्रो भाषाको आफ्नै साहित्य छ, हामीसँग सङ्गीत छ हाम्रा एेतिहासिक दस्तावेज र कलाको सङ्ग्रह विस्तारै लोप हुँदै जानुमा हामीलाई दुःख लाग्नु पर्ने हो।

कारणहरू

  1. विद्यलयहरूमा अङ्ग्रेजी माध्यमलाई लाद्नु र नेपालीलाई निरुत्साहित गर्नु
  2. सरकारले स्पष्ट रूपमा भापिक निति नलिएर

सम्भावित समाधानहरू

  1. प्राथमिक शिक्षा स्थानीय भाषामा दिलाउने
  2. तीन महिनामा कोरिएन भाषा सिकेर मानिसहरूले गरिखान सक्छन् भने पक्कै पनि दश कक्षा पछि
  3. तीन महिनामा कोरिएन भाषा सिकेर मानिसहरूले गरिखान सक्छन् भने पक्कै पनि दश कक्षा पछि

भाषाको निधन किन दुःखदायी छ त?

किनकी जुनसुकै जीवन्त कुराको निधन हुँदा पनि हामी दुःखी हुन्छौँ।

तथ्यङ्क अनुसार विश्का धेरे भाषाहरू दैनिक लोप हुँदै छन्।

नेपाली अङ्कमा गणना गर्न नसक्नु अर्को समस्या हो। के भन्दा मैले केही यस्ता नयाँ पुस्ताका विद्यार्थीहरू भेटेको छु जसले नेपाली अङ्क नजानेकोमा गर्व समेत गर्छन्।

हाम्रो दिमागले कसरी काम गर्छ भन्दा यो हाम्रा दिमागी नशाहरू नजोडिएको अवस्थाहा हुन्छ। उदाहरणको लागि हामी खेतमा पानी लागाउने तरिकासँग तुलना गर्न सक्छौँ। हामीले खेतको एक कुनामा पानीको स्रोत लगेर छोडिदियौँ भने विस्तारै त्यो खेतभरी फिँजिन्छ। तर हामीलाई कुनै एक कुनामा वा कुनै निश्चित ठाउँमा मात्र पानी पुर्‍याउन मन लाग्यो भने हामी त्यहाँसम्म कुलाो बनाउँछौँ। र स्रोतको पनि त्यही ठाउँमा पुछ।

हामीले जुन कुरा धेरैपटक देख्छौँ त्यो कुराप्रति हाम्रो विश्वास वढ्छ। यसमा हाम्रो ब्यक्तिगत नियन्त्रण हुँदैन। म सानो हुँदा मैले नेपालीमा ह्रस्व दीर्घका नियमा सिकिरहँदा

हामीलाई पढाउने शिक्षकले नेपालीमा श्रुतिलेखन गराउनुहुन्थ्यो। जसमा हामीलाई कुनै एउटा निश्चित पाठमा प्रयोग भएका शब्दहरू लेख्न लगाइन्थ्यो। धेरैजसो अवस्थामा जुन शब्द मालई थाहा थिएन म त्यसलाई ह्रस्व र दीर्घ दुबै तरिकाले छेउमा लेख्थेँ। अनि जुन ठीक हो जस्तो देखिन्थ्यो त्यही शब्द लेख्थेँ। धेरैजसो अवस्थमा ती शब्दहरू सही हुन्थे। हामीले कुनै कुरा पहिला कहिले कतै देखेका सुनेका छौँ भने त्यो कुरा प्रतिको हाम्रो आशक्ति धेरै हुन्छ।

भाषामा पनि यही कुरा लागु हुन्छ जस्तो मलाई लाग्छ।

मेरो नेपाली भापाषमा

के भाषाको मृत्यु अवश्यम्भावी छ त? हामीले किन भाषालई जोगाउनु पर्छ?

। म सानो हुँदा रेडियोमा मीठो नेपाली बोल्ने रेडियो वक्ताका कार्यक्रमहरू सुनिन्थे। एक किसिमको रमाइलो हुन्थ्यो। अहिले स्थिति त्यस्तो छैन