कायरताको इतिहास

कायरताको इतिहास

प्रमाणित भयो आज मैले इतिहास रचेको मेरा नामको मानवताको इतिहासमा यस्तो इतिहास कहिल्यै रचिएको भए अभिलेख छैन यसको कुनै किनकी इतिहास बहादुरीको लेखिन्छ कायरताको होइन

त्यो इतिहसस अभिलेखको लायक छैन मेरो शरीरको कुनै कुना वा अनकन्टार इन्टरनेटका साङ्ख्यिक मानकबाहेक यसको अस्तित्वको मानक कसैले राख्नु उपुक्त हुने छैन यो कायरताको इतिहास भविष्यमा पढिइने छैन चर्चा यसको कदापी कसैगरी हुने छैन किनकी, इतिहास इतिहासै हो तर कायरका लागि इतिहासमा ठाउँ हुँदैन बहादुर कर्मको इतिहास जसले भावी पुस्तालाई हौस्याउँछ चन्द्र छुने, तिलस्मी कर्म गर्ने प्रेरणा दिन्छ फगत कायर कथा सुनेर समय वर्बाद गर्ने चेष्टा कसैले गर्नेछैन

लाग्ला बन्यो कसरी इतिहास गरेर ऐतिहासिकताको उपहास सुकामको इतिहस बनाउन पो गाह्रो सहजै भइने कायरताको के इतिहास तर मेरो कायरता अन्यथा अर्थ नलागेमा कुनै म्यारथन धावकको कीर्तिमान भन्दा कम छैन निमेषले जितिनै तेज धावकको लगनशीलता भन्दा कम मेहेनतले बनेको मेरो कायरताको इतिहास होइन यसमा मैले दशकौँको हुत्तिहारा मानसिकता जम्मा पारेको छु यसमा मेरो दशकौँको आलस्यता मिसिएको छ हजारौँ घण्टाको हिम्मतहारा मानसिकता र त्यसमाथि मैले थपेको छु अनेकौँ अवसरलाई दुत्कारेको कीर्तीमान

एउटा हाँक म आज प्रस्तुत गर्दछु लाग्छ कसैलाई भने यो इतिहास सकिन्छ बनाउन सहजै कोशीश गरेर हेर्नुहोस् जम्मा पार्नुहोस् वर्षौको निकम्मापना पुर्‍याउनुहोस इच्छा मार्ने हुत्तिहारापनको धार्नी हजारौँ मानिसहरूको पचासौँ वर्षको कमजोरीहरूलाई जम्मा पर्दा कुनै तुलोले मेरो भागमा कम देखए सहजै परित्याग गर्नेछु म मेरो कीर्तीमानको दावा