डार्क म्याटर

सबैकुरा पृथ्वीतिर तानिने कुरालाई ब्याख्या गर्न जुन समिकरणको प्रयोग गरिन्छ त्यही समिकरण प्रयोग गर्दा भीमकाय ब्रह्माण्डीय पीण्डहरूको ब्यहोरा लाई पनि सजिलै वर्णन गर्न सकिन्छ। चन्द्रमाले पृथ्वीलाई किन घुम्छ, ग्रहण किन र कसरी लाग्छ भन्ने कुरा त्यही सामान्य सिद्धान्तका आधारमा ब्याख्या गर्न सकिन्छ। कुनै कुराले हामीतर्फ प्रकाश दिँदा (वा परावर्तन गर्दा) हामीले तिनलाई देख्न सक्छौँ। त्यसै सिद्धान्तका आधारमा हामीले आकाशमा ताराहरूलाई देख्न सक्छौँ किनकी ताराहरूले प्रकाश उत्सर्जन गर्छन् । परावर्तन गर्ने प्रकाशका आधारमा हामीलाई हाम्रो पृथ्वीको एउटा चन्द्रमा छ भन्ने थाह छ। उत्सर्जन गर्ने आधारमा सूर्य कहाँ र कतिवाट छ भन्ने थाहा छ।कति बलले कुनै वस्तुलाई तान्छ भन्ने आधारमा हामीले वस्तुको पीण्ड कति छ भन्ने कुरा पत्ता लगाउँछौ। यिनले अरू पीण्डलाई आकर्षण गरेको आधारमा हामीले तिनको पिण्ड र सङ्ख्या भन्न सक्छौँ। हेरेर (यसले उत्सर्ग गर्ने वा परावर्तन गर्ने प्रकाशका आधारमा) हामीले ती कति सङ्ख्यामा वा कहाँ कहाँ छन् भनेर पत्ता लगाउन सक्छौँ। र यी दुवै तरिकाबाट हामीले पत्ता लगाएका ग्रह वा तराको सङ्ख्याका बीच मेल खाएको छ।कुरा यत्ति हो।

अब भयो के भन्दाखेरी, अहिले आकाशमा हेर्दा ( आँखाले मात्र वा दूरबीन लगाएर) हामीले जति ताराहरूलाई देखेका छौँ नि, पिण्ड नाप्दा देखेका ताराहरूभन्दा धेरै पायौँ। परेन फसाद्? जति पिण्ड बढी पाइएको छ नि, हो त्यसैलाई पश्चिमाहरूले ‘डार्क म्याटर’ भन्दारहेछन्। हामी यसलाई ‘कालो पदार्थ’ भनौँ न।

५८ सालको ‘कालो पदार्थ’ जुन नेपाली इतिहासको एउटा रहस्य हो, ब्रह्माण्डीय कालो पदार्थ चाहिँ बिज्ञान पढ्नेहरूका लागि रहस्य बनेको छ। आशा छ यो रहस्यको जवाफ चाहिँ ‘रानाभाटको रटटटट’ भन्दा चित्तबुझ्दो हुनेछ।

मलाई सोध्नुहुन्छ भने चाहिँ म पुरै अनभिज्ञ छु, म बबुरो।