गगन थापा नेपाली काँग्रेस

रूपेश: नमस्कार। फायर साइडको नयाँ अंकमा तपाईंलाई स्वागत छ। जेन्जी पुस्ताको आन्दोलन पछि परम्परागत राजनीतिक दलहरूको अवस्थिति कति औचित्यपूर्ण? के यी पुराना राजनीतिक दलहरू सान्दर्भिक छन्? भन्ने प्रश्न गहन रूपमा उठिरहेको छ। नेतृत्व मात्र होइन, यी राजनीतिक दललाई अब फागुन २१ गतेको निर्वाचनमा जिताउने कि नजिताउने? यो प्रश्न पनि गरिएको छ। हुन त फागुन २१ को निर्वाचन घोषणा भइसकेपछि नेपाली कांग्रेस, माओवादी लगायतका दलहरू निर्वाचनका लागि आ-आफ्नो हिसाबले तयारीमा लागेका छन्। मलाई नेकपा एमाले चुनावमा नजाने भनिरहेको छ। तर त्यति भन्दैमा यी दलले जेन्जी पुस्ताको आकांक्षा र प्रतिनिधित्व निश्चित गर्न सक्छन्?

भदौ २३ र २४ गतेको आन्दोलनलाई हेर्ने दृष्टिकोण के हो? त्यसबाट सिकेर अगाडि बढ्ने पाटोमा यी दलहरू जान्छन्? कि पुरानै प्रवृत्तिमा अभिशप्त रहन्छन्? फायर साइडको आजको अंकमा हामी यिनै विषयमा प्रश्न गर्नेछौं। प्रश्नको सामना गर्नका लागि आज हामीसँग हुनुहुन्छ नेपाली कांग्रेसका महामन्त्री गगन थापा।

स्वागत छ महामन्त्री ज्यू।

गगन: हजुर, धन्यवाद।

रूपेश: तपाईंसँग कुरा गर्नका लागि मूलतः तीनवटा विषयहरू छन्। पहिलो, २३ र २४ गतेको आन्दोलन, यो २३ र २४ अलग-अलग पनि हुन सक्छ। त्यसपछि उत्पन्न परिस्थितिमा फागुन २१ गतेका लागि घोषित निर्वाचन, त्यो निर्वाचनमा तपाईंको दलको उपस्थिति वा अनुपस्थिति। यो सरकारको कामको विषय पनि छँदै छ। सँगसँगै नेपाली कांग्रेसको नेतृत्व, महाधिवेशन गर्ने नगर्ने, नियमित महाधिवेशन, विशेष महाधिवेशन, यी सबै विषयहरू छन्। यो तीनटा मध्ये कुन विषयबाट सुरु गरौँला?

गगन: तपाईंको इच्छा।

रूपेश: आन्दोलनबाटै सुरु गरौँ। परिवर्तनका लागि पैरवी गरिरहेको छु, पार्टीभित्र विद्रोह गरिरहेको छु भन्ने पटक-पटकको दाबीका बीचमा पनि तपाईंले निराशा छैन तर त्यसको सम्बोधन हामीले गर्न सकिरहेका छैनौँ भन्ने एक खालको क्षेपक्षेपे कुराहरू पनि आइरहँदा २३ गते जेन्जी युवाहरू विद्रोहमा उत्रिए। त्यसलाई विद्रोहकै रूपमा बुझ्नुभएको छ तपाईंले?

गगन: त्यो विद्रोह नै हो।

रूपेश: कसरी सुरु भयो त्यो?

गगन: अँ…

रूपेश: कसका विरुद्ध, कसरी सुरु भयो?

गगन: त्यसलाई एकदमै छोटोमा एक लाइनमा यसको व्याख्या गर्न खोज्यो भने गलत ठाउँमा पुगिन्छ। अ… भाद्र ८ गते सम्झन्छु म। पार्लियामेन्टमा २० मिनेट समय लिएर बोलेको थिएँ। र त्यो बोली टुंग्याउँदै गर्दा खेरि मैले प्रधानमन्त्री जी तपाईं आज मेरो कुरा सुनेर तपाईंलाई सुनाउलान् पक्कै पनि। तपाईं मसँग रिसाउनुहोला। मलाई त्यसको कुनै वास्ता छैन। तर तपाईंले मेरो कुरा सुन्नुभयो भने चाहिँ तपाईंलाई राम्रो हुन्छ। तपाईंले नेतृत्व गरेको सरकारको यसको गति पनि छैन, मति पनि ठीक छैन। तपाईंसँग नागरिकहरू भयानक रूपमा रिसाएका छन्। हामीसँग रिसाएका छन्, म पनि हुँ। हामीले तत्काल सुधार गरेनौं भने ठूलो विद्रोह हुन्छ। हामी कसैले नपत्याएको कुरा हुन्छ। यही खालको। त्यो र मैले त्यो भन्दै गर्दा अगाडि के बाट स्टार्ट गरेको थिएँ भने मैले बन्द कोठाभित्र भन्दा भन्दा थाकेर तपाईंलाई भनेको कुरा आज म पार्लियामेन्टमा उभिन उभिएको छु। म मेरो पार्टी सभापतिलाई पनि यो कुरा सुनाउन चाहन्छु भनेर स्टार्ट गरेको थिएँ। मैले ब्याकग्राउन्ड किन राखेको हो भने गएको एक डेढ वर्ष, दुई वर्षदेखि पार्टीको छलफलहरूमा, आन्तरिक बाहिर सबैतिर हामी सबैजना नागरिकहरूको तहमा यो उमेर समूहको मात्र होइन है, अहिले सडकमा आएको जेन्जीको मात्र होइन, हाम्रो परम्परागत मतदाताहरू पनि हामीहरू जिल्ला-जिल्लातिर जाँदै गर्दा, कार्यक्रमहरूमा भेट्दै गर्दा खेरि भयानक रूपमा रिसाएको पाउँथ्यौँ। अनि यति धेरै रिस किन होला? किन हामीसँग रिसाइरहेको होला भन्ने कुरा त्यसलाई ठम्याउन हामीलाई बडो गाह्रो पर्थ्यो। अनि हामी छलफल पनि गर्थ्यौँ एकअर्कासँग, चिन्तन पनि गर्थ्यौँ। यसलाई अनि हामी हामीले कोसिस के गर्थ्यौँ भने यसलाई एउटा यसको एउटा ग्लोबल ल्यान्डस्केपमा पनि यसलाई हेर्नुपर्छ। संसारभरि किन भइरहेको छ? हैन? हिजोको पश्चिमका देशहरू देखि लिएर सबैतिर एउटा। हाम्रा पनि हेर्नुपर्छ। हाम्रो डेमोग्राफीको कुरा पनि हेर्नुपर्छ। हामी पहिलो पटक यति धेरै नवयुवाहरू भएको अवस्थामा छौँ, यो हेर्नुपर्छ। हाम्रो अर्थराजनीतिक पक्ष पनि हेर्नुपर्छ। ४६ साल पछाडि आएको मध्यम वर्ग, यहाँ अहिले भइरहेको तीव्र रूपमा भइरहेको बसाइँसराइ, सहरीकरण, त्यसले ल्याएको असुरक्षा, बहुआयामिक तनावहरू थुप्रै थुप्रै कुराहरू छ। तर एक लाइनमा सक्छु। यो सबै कुरा हुँदै गर्दा खेरि पनि बाहिर र हाम्रोमा फरक के होला भनेर हेर्दै गर्दा, बाहिर एउटा राजनीतिक प्रणाली छ, प्रणालीभित्र पात्रहरू फेरिराख्छ। पात्रहरू फेरेर एउटा पात्र आउँछ, रिस त छ। अनि त्यो पात्रसँग रिस उठ्छ। अथवा त्यो रिस लगेर पात्रलाई लगेर ठोक्काउने कुरा भयो। पात्र बदलइन्छ, फेरि त्यसले केही थामथुम गर्छ। यसरी एउटा एउटा भेन्टिलेट हुने ठाउँ पाउँछ, एउटा सेफ्टी भल्भ जस्तो भयो। बेलायतमा अस्ति भर्खर चुनाव भयो, ओभरवेल्मिङ मेजोरिटी ल्याएर लेबर पार्टी जित्यो। अब अहिले आइरहेको पोलहरूले के सजेस्ट गर्छ भने हिस्टोरिकल्ली नै एकदमै सबैभन्दा लो मा छ। तर बेलायतको प्रणालीमाथि त प्रश्न छैन, कोसँग छ भन्दा व्यक्तिमाथि छ। हाम्रो सन्दर्भमा चाहिँ गएको १०-१२, १५ वर्षदेखि तीन जना नेताहरूको म्युजिकल चेयर जस्तो एउटा आलोपालो आलोपालो घुम्दै गर्दा, त्यो रिसाएको जति पनि नागरिकहरू छ अघि मैले भने थुप्रै थुप्रै कारणहरू छ। मूल रूपमा कुशासन, भ्रष्टाचार भैहाल्यो। तर त्यसको प्रतीकको रूपमा चाहिँ नेताहरू त व्यवस्थाको सहायक हुनुपर्ने, तर व्यवस्थाभन्दा पनि ठूलो अनुहार नेताको देखिसके पछाडि, मैले चाहिँ के अब्जर्भ गरेको, कुरा पटक-पटक सेयर गरिराख्थें भने रिस छ, हाम्रो हामी सबै त्यसको पाटाहरू हौँ। तर यो ठोक्किन चाहिँ कहाँ ठोक्किने वाला छ भने, तीनटा नेता नै व्यवस्था हो भन्ने ढंगबाट यो स्थापित भएको छ र कुनै पनि बेलामा यो विस्फोट हुन सक्छ। यसको उपाय भनेको एउटा तीनटा नेतालाई हामीले फेर्न सक्नुपर्यो वा उहाँहरूले छोड्नुपर्यो, जुन कुरा हामी सक्दै सकेनौँ। हामी असफल भयौँ त्यसमा। दोस्रो उहाँहरूले डेलिभर गर्नुपर्यो, उहाँहरूले सुध्रिनुपर्यो। त्यसमा उहाँहरू सफल हुनुभएन। हामी दुईटै असफल भयौँ।

रूपेश: यसलाई खोतलौँ। तपाईं पार्टीमा महामन्त्रीका रूपमा निर्वाचित हुनुभयो। पार्टीका कार्यकर्ताले तपाईंलाई महामन्त्रीको रूपमा निर्वाचित गरे। तपाईं सांसदका रूपमा निर्वाचित हुनुभयो। निर्वाचित गराइरहने ती कार्यकर्ता हुन्, मतदाता हुन्। उनीहरूको आकांक्षा चाहिँ के थियो भने तपाईंले ती तीनवटा अनुहारहरूलाई विस्थापित गर्ने विद्रोहको नेतृत्व गर्नुहोस्। तपाईंले नेतृत्व गर्छु पटक-पटक पनि भन्नुभएको। तर त्यो विद्रोहमा तपाईं असफल भएका कारण सडकमा विद्रोहको प्रतीकका रूपमा विद्रोह नै गर्नका लागि सडकमा युवाहरू आउनुपर्ने स्थिति भयो। त्यसले तपाईंमाथि पनि प्रश्न गरेन?

गगन: पक्कै गर्यो नि। म पानीमाथि ओभानो हुन खोजेर त हुँदै हुँदैन नि। अ… योभन्दा अघिल्लो नेपाली कांग्रेसको अधिवेशन, १४ औँ अधिवेशनमा पार्टी सभापति मेरो व्यक्तिगत रूपमा कुनै आदरमा कुनै कम नराखिकन भन्छु, हैन। पार्टी सभापति शेरबहादुर देउवा कुनै पनि हालतमा अब नेपाली कांग्रेसको सभापति बन्नुहुन्न भन्ने सोचाईका साथ न म उहाँलाई सभापति बन्न नदिने कित्तामा उभिएर मेहनत गरें। सकिनँ। उहाँ दलको नेता हुने अवस्था आउँदै गर्दा खेरि मलाई उहाँले आफ्नै कार्यकक्षमा बोलाएर भन्नुभएको थियो, मसँग सांसदको संख्या धेरै छ, त्यसैले तिमी मसँग नलड। मैले उहाँलाई भनेको थिएँ, म तपाईंसँग हार्छु मलाई थाहा छ, तर म तपाईंसँग लड्छु। तपाईंसँग नलडेर मैले तपाईंसँग केही कुरामा मैले ट्रेड गरें भने त्यो मेरो आत्माले मान्दैन भन्ने मात्र होइन, त्यो कम्तिमा बाहिर बसेको नागरिकको ठूलो तपका, तपाईंहरूलाई बिदा गर्नुपर्छ भन्नेहरूलाई बिदा गर्न त सकेन, सकेन, लड्न पनि छाड्यो भन्ने कुराले झन् कति निराश बनाउला। म तपाईंसँग हारे पनि लड्नुपर्छ मैले। किन तपाईंहरूलाई बिदा गर्नुपर्छ भन्ने आम पार्टी कार्यकर्ताहरूको, आम नागरिकहरूको चाहना छ। हामी नसके पो रहेको हो त। म उहाँसँग लडें, फेरि म उहाँसँग हारें। मैले अस्ति भर्खर उहाँलाई भेटें, यो घटना पछि पहिलो पटक भेटेको हाम्रो पार्टीको बैठककै दिनमा बिहान। अनि मैले उहाँ त्यो दिन गएर मैले उहाँलाई सम्झाएँ। त मैले र अर्को महामन्त्री विश्वप्रकाश शर्माले, मैले लेखेर लिएर गएको थिएँ उहाँलाई। गएको सात-आठ महिनाभित्र १८ वटा प्रकरणमा। हैन? १८ वटा प्रकरणमा, चाहे त्यो सेलेक्टिभ प्रोसिक्युसनको कुरा हो, चाहे त्यो गभर्नरको कुरा हो, चाहे विद्युत प्राधिकरणको सानो-सानो गभर्मेन्टका गरेको कुराहरूमा वा जियोपोलिटिकल कुरा होस्, प्रकरणमा हामीले तपाईंसँग असहमति राखेका रहेछौँ। लास्ट डे कहिले थियो भन्दा २२ गते। जतिखेर हामी सोसियल मिडियाको ब्यान खुलाउने कुराको लागि दुईजना गएर बिहान एकपटक, बेलुका एकपटक, बिहानको बैठकमा गयौँ, कन्भिन्स गर्न सकेनौँ, बेलुका फेरि गयौँ। र लास्ट मिटिङ २३ गते। २३ गते रमेश लेखकजीलाई रिजाइन गराइसकेपछि अब हामीले सरकार छाड्नुपर्छ यो, सेप्टेम्बर ८ को जुन यत्रो ठूलो घटना भयो, हामीले जिम्मा लिनुपर्छ, हामीले गभर्मेन्ट छाड्नुपर्छ भनेको बेलासम्मको मैले उहाँलाई गनेर सुनाएँ। तर मैले सुनाउँदै गर्दा पछि मैले आफूलाई आफूसँग भनेको कुरामा, उहाँसँगको बन्द कोठामा उहाँसँग सम्म भन्ने मेरो हक छ। किनकि मैले तपाईंलाई भनेको, तपाईंले मान्नुभएन। तपाईंलाई मैले करेक्सन गराउन खोजेको भन्ने भयो। तर त्योभन्दा बाहिर म अब किन भन्दिन भने त्योभन्दा बाहिर भन्ने मसँग पनि अधिकार छैन। किनकि मैले सक्नुपर्थ्यो। त्यो लडाइँ मैले जित्नुपर्थ्यो। मैले सक्नुपर्थ्यो, मैले सकिनँ। मैले नसकिसकेपछि…

रूपेश: त्यो नसक्नुको एउटा कारण त के पनि हो भने, तपाईंले ती तीन जना अनुहारहरू, तीन जना पात्रहरू बदल्नुपर्छ भन्ने पैरवी गरिरहँदा तपाईं सहित लागेर नेपाली कांग्रेसको नेतृत्वले नेकपा एमालेका उनै केपी ओली, अध्यक्ष केपी ओलीलाई गएर प्रधानमन्त्री बनिदिनु पर्यो भनेर गठबन्धन गर्नुभयो। उहाँलाई बोकेर तपाईंहरूले एक वर्ष सरकार चलाउनुभयो। जुन सरकारको चलाउनको लागि संयन्त्र पनि बनाउनुभएको थियो। त्यो संयन्त्रको सदस्य पनि तपाईं हुनुहुन्थ्यो। एक वर्षसम्म टुलुटुलु हेरेर बस्ने काम बाहेक, अध्यादेश ल्याउने काम भयो, तर बोक्न त उनै नेताहरूलाई बोकेरै बस्नुभयो नि।

गगन: यसलाई पनि यसरी होला। मैले फेरि यसमा पनि म त्यो आफूलाई त्यो के भन्छ स्पष्टीकरण दिने वा डिफेन्ड गर्ने कुरा म त्यो ठाउँमै छैन भन्दा पनि, तर पनि फ्याक्ट त राख्छु। पार्लियामेन्टमै राखेको कुरा भएर। अँ… नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बन्ने कुरा शेरबहादुर देउवा र केपी ओलीले हस्ताक्षर गरिसके पछाडि, उहाँहरूले हामीलाई आएर जानकारी गराउनुभएको हो। मैले उहाँलाई बन्द कोठामा यो तपाईंको प्राइभेट कम्पनी हो भनेर सोधेको हो। र मैले पार्लियामेन्टमै गएर म यो सरकार बनाउने कुरामा मैले पत्रिकामा पढेर थाहा पाएको भन्ने कुरा म जानकारी गराउँछु है यो। यो गभर्मेन्ट बनाउने कुरामा म कहीँ कतै म, अरू जस्तो फेरि म पहिल्यैदेखि लागेको थिएँ, मैले भनेकै थिएँ, मेरै आइडियामा बनेको हो नो। तर हामी कहाँनेर चुक्यो वा भन्ने लाग्छ मलाई अथवा चुक्यो होला अथवा हाम्रो सिमा थियो होला, के थियो होला भने, हामी एउटा रुल अफ गेमभित्र बसेर गेम खेल्यौँ। पार्टीको नियमभित्र। त्यो भनेको अल्पमत बहुमत हुने भयो, संख्याको कुरा हुने भयो। आफ्नो कुरा राख्यौँ। आफ्नो कुरालाई पार्टीको कुरा बनाउन खोज्यौँ, पार्टीको बहुमतले पेल्ने भयो। नम्बर्सले पेल्ने भयो। अब पार्टीभित्र एउटा सिस्टममा बसेपछि पार्टीले गरेको निर्णयलाई आफ्नो असहमति राख्यो, असहमतिको चरण सकिएपछि त त्यसलाई मानेर जानुपर्यो। अघि तपाईंको कुरामा आएँ। म त्यो गभर्मेन्ट बनाउने कुरामा म त्यो बेलामा अपोजिसनमा बस्नुपर्छ भन्ने कुरा पब्लिकले बोल्दै हिँडेको मान्छे पनि हुँ। त्यसको कारण थुप्रै थिए, म जान्न त्यसमा। अघि अब, अब सरकार बन्यो। सरकार बनेपछि मलाई के लागेको थियो भने यो सरकारलाई राम्रो काम गर्ने बनाउनुपर्छ। किन मेरो पार्टी सरकारमा त गइसक्यो। नागरिकहरू भयानक रिसाएका छन्। केही कुराको डेलिभरी भयो भने अलिकति थोरै भए पनि, थोरै भए पनि राहत हुन्छ कि, त्यो संयन्त्रमा बसेर काम गरें मैले। सुरुमा गरेकै हो मैले। र सुरुको तीन-चार महिना म एकदम एक्साइटेड पनि थिएँ। किनभने मलाई मलाई यो पोलिसीमा यो काम गर्नुपर्छ, यो काम गर्नुपर्छ, यो काम गर्नुपर्छ। हैन, इकोनोमीमा, ट्याक्समा, आईटीमा, डिफरेन्ट सेक्टर्समा काम गर्यो। तपाईंसँग आएर त्यो बेला म लामो अन्तर्वार्ता गरेको म सम्झन्छु हैन, गरेको हो। तर बिस्तारै-बिस्तारै-बिस्तारै त्यो तीन महिना पनि रहेन त्यो। त्यो बरालिन थालिहाल्यो, त्यसका प्राथमिकताहरू। बन्द कोठाभित्र भन्दै गइयो। त्यसको प्रारम्भ कहाँबाट भयो भने त्यसको प्रारम्भ विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको निर्णयबाट भयो। त्यसपछि मैले पब्लिक स्टेटमेन्ट दिएर मैले संयन्त्र छाडें। त्यो संयन्त्र छाडेको मलाई लाग्छ फागुनतिरबाट होला। हैन? तर पनि मेरो पार्टी सरकारमा थियो। सरकारमा भएको हुनाले म त कहीँ न कहीँ जोडिन्थें। यो गभर्मेन्ट सफल होस्, यो सरकार सफल होस् भन्ने त लाग्ने नै भयो नि त। मेरो ड्युटी पनि थियो त्यो। त्यसरी अघि भनेको जस्तो भित्र बाहिर, भित्र बाहिर गर्ने कोसिस त, कोसिस त गरि नै राख्ने भइयो। तर अहिले पछाडि फर्केर हेर्दा, मैले के घटना पछाडि, २३-२४ गते पछाडि त घरबारविहीन भइयो, हैन। कहाँ बस्ने, कहाँ खाने टुंगो थिएन, अहिले पनि छैन। अनि सायद अडिने मौका पनि पाएँ मैले। एक्लै भइयो। आफ्नो छोरी कहाँ, श्रीमती कहाँ, आमा कहाँ, बा कहाँ हैन। अनि त्यो बेलामा एक्लै बस्दै गर्दा खेरि चाहिँ, म मैले मलाई आफूलाई लाग्यो। यसको एउटा ठूलो जिम्मेवारी मेरो पनि छ। किनकि नागरिकको ठूलो पंक्तिले मलाई विश्वास गरेको हो, खासगरी तन्नेरीले विश्वास गरेको हो। मलाई के लागिरह्यो भने म लडिरहेको छु भन्ने लाग्यो। म लडी त राछु नि। म कहाँ सरेन्डर गर्या छु, म कहाँ…

रूपेश: भनेर तपाईंलाई लाग्यो, नागरिकलाई लागेन।

गगन: म लडिरहेँ। तर मलाई के लाग्यो भने नागरिक त थाके नि त। लडेको मान्छेको लडाइँ कहिलेसम्म हेरिराख्ने त? त्यो चलचित्र हेर्दै गर्दा खेरि पनि…

रूपेश: खासमा तपाईं लडेको भन्दा पनि तपाईं लडेको, खसेको…

गगन: हैन उहाँको उहाँहरूको लागि त्यही नै भयो पनि। जस्तो मलाई दुइटा कुरा होला। सायद मैले ठीक ढंगले कम्युनिकेट पनि गर्न सकेन होला। पार्टीभित्रको लडाइँ हामीले ठीक ढंगले बताउन सकेन होला। द्याट माइट बि अ केस, एउटा कुरा। अर्को भित्रको लडाइँ र बाहिरको लडाइँलाई हामीले एकाकार गर्ने कुरामा हामी चुकै हौँ। हामीभित्र लडिरहेको कुरालाई…

रूपेश: तपाईंले अघि एउटा… एक लाइनमा सक्छु ल। जस्तो हामीले पार्टीभित्रको रिफर्मको जुन कुराहरू, जस्तो विश्वप्रकाश शर्माले एक-दुई-तीन भनेर भन्नुभयो। हैन? त्यसलाई पार्टीभित्रबाट लाइट्ली लियो नि त। सबैले ठ्याक्कै मिलेको थिएन होला, तर उहाँको भनाइ प्रधानमन्त्री एउटा व्यक्ति दुई चोटीभन्दा बढी प्रधानमन्त्री बन्नुहुन्न।

रूपेश: ठ्याक्कै यही, यही विषयमा। तपाईंले एउटा रुल अफ गेममा हामी रह्यौँ, पार्टीभित्रको आन्तरिक छलफलमा रह्यौँ, बहुमत र अल्पमतको एउटा गेममा रह्यौँ भन्नुभयो। अर्को डिस्कोर्स। अर्का महामन्त्रीले एक-दुई-तीनको त्यो फर्मुला निकाल्नुभयो, त्यो डिस्कोर्स एक हिसाबले आयो। तर यो दुईटै खेलमा तपाईंहरू त असफल भइराख्नुभयो, परिणाम त त्यसले निस्केन। तर नागरिकका लागि विशेष गरी २०-२२ वर्षको उमेरको तन्नेरीलाई चाहिएको त परिणाम हो। उसको जीवनमा त्यो रिफ्लेक्ट होस् भन्ने चाहना हो। तपाईंहरूले स्कोर गर्न सक्नुभएन। थ्री पोइन्टर्स चाहियो, चाहिएको थियो। तर तपाईंहरूले लेअफ गर्नुभयो, छोड्नुभयो।

गगन: हो। ती कुरामा आउनुभयो। जस्तो हामीहरूलाई के लागिरह्यो होला जस्तो लाग्छ भने, हामी लडिराछौँ, हैन? यो ब्याटल हाम्रो भइराछ। कहिले साना-साना जित जित्यौँ, खुसी भएर आएर सुत्यो हैन। त वारको कुरा थियो हैन? अँ… एउटा मैले अघि भनेको जस्तो कम्युनिकेट गर्न सकेनौँ। किन हामीले ढाल्न नसकिसकेपछि हामीले ठीक ढंगले बाहिर कम्युनिकेट गर्नुपर्थ्यो। अर्को बाहिर पनि त मुभमेन्ट भइरहेको थियो। त्यो बाहिरको मुभमेन्टसँग हामी आएर एकाकार हुनुपर्थ्यो।

रूपेश: नो। यसमा त तपाईंहरूले ढाल्नुपर्थ्यो, अनि आएर भन्नुपर्थ्यो। ढाल्न सकेनम् भनेर आएर भन्ने छुट त तपाईंलाई छैन।

गगन: हैन, ढाल्ने कुराको लागि नै, ढाल्ने भनेको पात्रको कुरा मात्र भएन। प्रवृत्तिका कुरा भए, हैन? कति स्थापित मान्यताका कुराहरू भए, त्यो कुरा जस्तो अहिले हामी जो यो भाद्र २३ र २४ गते पछाडिको हो, त्यसमा सहभागी हुनुभएका थुप्रै तन्नेरीहरूसँग अहिले हामी संवाद गरिरहेका छौँ, उहाँहरूको कुरा सुनिरहेका छौँ। म त सुपर इम्प्रेस्ड थुप्रै मान्छेहरूसँग, हैन। अनि यसो कुरा सुन्यो, अरे यो कुरा त दश वर्षदेखि हामी नै उठाएर, हामी लागिरहेको कुराहरू छ। हामी लागिरहेको छ भन्ने कुरा त कसैलाई पनि थाहा पनि छैन। भनेपछि यत्रो ग्याप त हामीले क्रिएट गरेको रहेछौँ।

रूपेश: एक्ज्याक्ट्ली।

गगन: हामी त, म एक लाइनमा सकें। जस्तो हामीले के गर्नुपर्थ्यो भन्ने कुरा हो भने अघि तपाईंले भनेको जस्तो त्यही कुरामा आउन खोजेको, हामीले कम्युनिकेट गर्ने कुरामा हाम्रो भित्र यस्तो लडाइँ भइरहेको छ, हामी सकिरहेका छैनौँ। तपाईं र हामी बसेर, यो त भित्र र बाहिर दुवैतिरको तागतबाट गर्नुपर्थ्यो। त्यो भनेको भए उनीहरूले आफ्नो हामीलाई पनि उनीहरूको कित्तामा उभिएको पाउँथे। उनीहरूलाई पनि के कुराको राहत हुन्थ्यो होला भने यत्रो ठूलो एकैपटक बडाबुडुम चाहिँदैन किनकि लडाइँ भइरहेको छ, लडाइँबाट सकिन्छ कि भन्ने कुरा हुन्थ्यो होला। हामी राजनीतिक दलभित्रको, स्थापित भएको राजनीतिक दलभित्रका म मेरो पार्टीमा मात्र भन्दिनँ, यो अरू पार्टी नेकपा एमालेमा पनि छ, माओवादीमा पनि छ, थुप्रै ठाउँमा, जुन पार्टीभित्रका अन्तर्पार्टी त्यहाँभित्रको लडाइँहरू थिए, ती स्थापित भएको, त्यो बलियो, त्यहाँभित्रका पात्रहरूले, नेताहरूले, हैन, शीर्ष नेताहरूले त्यो बाहुबल सबै कुराबाट हामीलाई दबाउनुभयो, पेल्नुभयो। हामी त्यहाँ लडिरह्यौँ। न त्यहाँ ढाल्न सक्यौँ, न बाहिरकोलाई आएर बताएर एकाकार गर्न सक्यौँ। हामी त्यहीँ चुक्यो।

रूपेश: तपाईंले भनेको त्यो केही मात्रै गरौँ भन्न खोज्नुभएको हो? सेलेक्टिभ प्रोसिक्युसनमा जाऊँ भन्न खोज्नुभएको?

गगन: होइन, होइन नट एट अल। केही त्यो होइन। कस्तो हो? मैले भनेको चाहिँ यसलाई एकदम जेनेरलाइज गरेर सबै भ्रष्ट भन्दियो, हैन? अनि त्यसपछि गएर सबैको छानबिन गरौँ भन्दियो। छानबिन त तपाईंको पनि हुनुपर्छ होला नि त? तपाईंको सम्पत्ति कति छ भनेर राज्यले खोजबिन गर्ने कि नगर्ने? हैन मैले त भन्दैछु म। अब कम्तिमा यसो गरौँ भन्ने कुरा हो। कम्तिमा यो कन्स्टिट्युसन बनिसके पछाडिको, कन्स्टिट्युसन बनिसके पछाडिको जिम्मेवारीमा बसेका मानिसहरू हामी सबैको सम्पत्तिको छानबिन पनि गरौँ। हैन? र जति पनि काण्डहरू जसको अनुसन्धान हुनुपर्छ भन्ने भएन भन्ने छ, हैन? पिपुलहरूको, पब्लिकको बुझाइमा छ, हैन? विभिन्न काण्ड छ नि त। गिरिबन्धु टि स्टेटदेखि लिएर, हैन? हामी चाहिँ यो अहिले के भन्छ, वाइड बडी देखि थुप्रै कुरा भन्छौँ। अख्तियारले अनुसन्धान गरेको कुरामा पनि चित्त नबुझेका कुराहरू पनि छन्। यी विषयहरूका सन्दर्भमा प्रचलित कानुन अनुसार, संवैधानिक व्यवस्था अनुसार नै कहाँ-कहाँ कमजोरी भएको छ भने ती कमजोरीलाई कसरी सच्याउने हो, कसरी गर्ने हो, गरौँ। जस्तो, जस्तो म एउटा सानो एक्जाम्पल दिन्छु। म सार्वजनिक पदमा बसेको मेरो आफ्नो एउटा जिम्मेवारी भयो। मैले मलाई सार्वजनिक यो संसदमा, बाहिर दर्जनौँ ठाउँमा मसँग प्रतिस्पर्धा गर्ने दलहरूका साथीहरूले मलाई लगाई राख्ने एउटा आरोप चाहिँ, मैले कृषि मन्त्रालयबाट करोडौँ रुपैयाँ अनुदान लिएर अनुदानको दुरुपयोग गर्ने भन्ने ममाथि आरोप छ। ठीक, हैन? मैले प्रत्येक सरकार आएपछि गर्थें। त्यो सरकारले त गरेन गरेन। यो नयाँ सरकार आएपछि कृषि मन्त्रीलाई गएर एउटा निवेदन दिएर आएको छु।

रूपेश: अहिले वर्तमान कृषि मन्त्रीलाई?

गगन: कृपया मेरो यो विषयमाथि छानबिन गर्दिनुस्। लेट पिपल नो। हैन? अब यो योभन्दा अगाडिको सरकार त मिलिजुली सरकार भएकोले ट्रस्ट नहुने कुरा पनि होला। यो सरकार त सिभिल…

रूपेश: सिभिल गभर्मेन्ट छ।

गगन: मेरो छानबिन गर्दिनुस्। मैले एक रुपैयाँ पनि अनुदान लिएको रहेछ भने जनताले थाहा पाउनु कुरा होस्। होइन रहेछ भने लिएको रहेनछ यति त भन्दिनुस्।

रूपेश: उहाँले गर्छु भन्नुभयो?

गगन: हैन मैले निवेदन दिएर आएको छु। हैन? मलाई विश्वास छ पक्कै गर्नुहुन्छ होला। मैले भनेको चाहिँ हामीहरू जस्तो केही नगरे पनि त ७२ सालदेखि त दशै वर्ष न भयो। दश वर्षमा यसरी चर्चा-परिचर्चा जेसुकै भएको होस्, आरोपै मात्र होस्, यी यस्ता खालका कुराहरू गर्‍यो भने दूधको दूध, पानीको पानी हुन्छ। पिपललाई पनि के लाग्ला भने, पिपललाई पनि ए! सबै होइन रहेछ, यो हो रहेछ भन्ने कुरा उसलाई पनि थाहा होला एउटा। दोस्रो के होला भने, त्यो जिम्मेवारीमा बसेको मान्छेलाई पनि डर होला।

रूपेश: ओके।

गगन: नभए त यो कस्तो भैदियो भने, ल सात सालदेखि गरौँ। अर्कोले नेपालै बन्यो एकीकरणको बेलादेखि गरौँ भन्दिएला अर्कोले। हैन? सबैको गरौँ भन्दिएला। हो। यसले चाहिँ त्यो न त्यो भ्रष्टाचारको जरासम्म हामी पुग्न सक्छौँ, न कसैले दण्ड सजाय प्राप्त गर्छ। हैन? अनि सबैलाई भारी बोकाउँदै गर्दा जसले विष खाएको हो नि त्यसलाई सबैभन्दा आनन्द आउँछ के।

रूपेश: अरूलाई नखाएको लाग्या हुन्छ।

गगन: सही। अगाडि बढौँ।

रूपेश: हजुर।

रूपेश: सरकारले फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ। नेपाली कांग्रेस मनस्थितिमा छ निर्वाचनमा जानका लागि? त्यस हिसाबले पार्टीले आफ्नो तयारी सुरु गरेको हो?

गगन: हो। के के गरिरहनुभएको छ?

गगन: अ… हामीहरूले अहिले हाम्रो आफ्नो दलको, जति पनि तलको कमिटीहरू छ, उहाँहरू सबैलाई यो निर्वाचन आयोगले जुन सिमा दिएको छ मतदाताको सुची संकलन गर्ने कुराहरूमा, नयाँ मतदाता रजिस्टर गर्ने कुरा, जुन दलको लागि सबैभन्दा महत्त्वपूर्ण हुन्छ। अहिलेको लागि यो काममा लाग्नुस् भनेर भनेका छौँ। यही यो बेलामा। अर्को हामी अब केही दिनभित्रमा हाम्रो बैठक औपचारिक रूपमा टुंग्याउँछौँ। तर हामी सबै प्रस्ट छौँ यसमा। हाम्रो निर्वाचनको जाने कुराको सन्दर्भमा नेपाली कांग्रेस पार्टीको निर्णय हुन्छ। हामी उभिन्छौँ। खाली हाम्रो यो चाडबाडको कारणले गर्दा टेक्निकल कारणले गर्दा बैठक थोरै हाम्रो लम्बियो। अस्ति हाम्रो एकजना नेताको अवसान भएको हुनाले, स्वर्गवास भएको हुनाले गर्दा हामी टेक्निकल्ली बैठक गर्न सकेनौँ। हामी त्यो निर्णय गरिहाल्छौँ। हामीले प्रधानमन्त्रीजीलाई पनि भनिसक्या छौँ, राष्ट्रपतिजीलाई पनि भनिसक्या छौँ, इलेक्सनमा हामी फुल कमिटेड छौँ भन्ने कुरा।

रूपेश: सरकारले अफिसियल रूपमा, औपचारिक रूपमा पत्र व्यवहार पनि गर्न थालेको छ पार्टीहरूलाई छलफलमा आउनको लागि…

गगन: हामीलाई भोलि, हामीलाई भोलि बोलाउनुभएको छ। हामी भोलि निर्वाचनकै बारेमा हाम्रा आफ्ना कन्सर्न्स, हाम्रा कन्सर्न्सहरू छन्। हैन? शान्ति सुरक्षासँग जोडिएका हाम्रा कन्सर्न्सहरू छन्। तर फेरि ती कन्सर्न्सहरूलाई हामी एक्सक्युजको रूपमा प्रयोग गर्न चाहँदैनौँ। हैन? जस्तो…

रूपेश: शान्ति सुरक्षा कायम गरेको खण्डमा मात्रै निर्वाचनमा जान्छौँ भन्ने तपाईंको स्ट्यान्ड होइन?

गगन: होइन, हामी शान्ति सुरक्षा कायम गर्नका निम्ति कायम गरौँ, सरकार एक्लैले गर्न सक्दैन, हामी पनि यसमा मिलेर काम गर्न चाहन्छौँ, हामी शान्ति सुरक्षा कायम गर्ने कुरामा तपाईंहरूलाई मद्दत गर्न चाहन्छौँ, शान्ति सुरक्षा इज मस्ट।

रूपेश: तर तपाईंले त्यसो भनिरहँदाखेरि गृहमन्त्रीले तपाईंहरूलाई नै सोझ्याइदिनुभएको छ। तपाईंहरूको सहयोग चाहियो। लुटिएका हतियार तपाईंहरूले दुरुपयोग गर्नुहुन्न भन्ने प्रतिबद्धता जनाइदिनुस्।

गगन: यो कहिलेकाहीँ यस्तो हुन्छ के, सरकारमा बस्ने साथीहरूले एकदम जिम्मेवारीबोधका साथ कुराहरू राख्नुपर्छ। यस्तो उटपट्याङ कुरा गर्नुहुन्न हेर्नुस्।

रूपेश: गृहमन्त्रीले उटपट्याङ कुरा गर्नुभयो?

गगन: यस्तो हो नि। अँ… हामीलाई तपाईंहरू वार्तामा, संवादमा बोलाइराख्नुभएको छ। जहाँ हामी सरकारलाई मद्दत गर्न चाहिरहेका छौँ, कुराकानी गरिरहेका छौँ। हैन? यो हतियारहरू बाहिर निस्केको छ, कैदीबन्दीहरू फरार छन्। यो अहिले आएको सरकारले गराएको होइन। हामी नै सरकारमा हुँदै गर्दाखेरि भएको त्यो दिनको घटना हो। हामी सबै मिलेर गर्नुपर्छ। यो त यसरी पो वातावरण बनाउने हो त। हामीले सरकारतिर देखाउने, अनि सरकारले पनि थप उत्तेजित बनाउने गरिकन चाहिँ, त्यो हतियार त तपाईंहरूले पो प्रयोग गर्न सक्नुहुन्छ। यो तपाईं हामी मिलेर हतियार बाहिर भएको हतियारलाई हामी चाहिँ ठीक ठाउँमा लिएर आउँ, ल्याइरहेका छौँ। तपाईंहरू सबैको मद्दत चाहिन्छ भन्नुपर्ने ठाउँमा, त्यो हतियार तपाईंहरू प्रयोग गर्नुहुन्न भनेर तपाईंहरूले चाहिँ ग्यारेन्टी गर्नुपर्छ भनेर… के के भन्न खोजेको थियो?

रूपेश: परिवर्तित सन्दर्भमा पुराना राजनीतिक दलहरूमाथिको भरोसा नभएको पो हो कि?

गगन: होइन, हामी, हामीले कहिले चाहिँ चुनावमा हतियार प्रयोग गर्थ्यौँ? नेपाली कांग्रेस पार्टीलाई, पार्टीको तर्फबाट त मैले, मेरो त यसमा त यो कम्प्लीट यो यो स्टेटमेन्टप्रति नै मेरो एकदम म त्यसमा मेरो कम्प्लीट असहमति प्रकट गर्छु।

रूपेश: के हो असहमति? प्रस्ट गर्दिनुस्।

गगन: तपाईंले के भन्न खोज्नुभएको हो के हामीलाई? तपाईंले के हामी निर्वाचनमा हतियार प्रयोग गर्ने पार्टी हौँ हामी? होइनौँ नि हामी। हैन? त्यसैले तपाईंले हतियार प्रयोग गर्नुहुँदैन भन्ने कुराको चाहिँ हामीलाई एउटा ग्यारेन्टी गर्नुस्, मिलेन स्टेटमेन्ट यो।

रूपेश: हतियार मात्रै होइन, अपराधीहरू पनि जो कैदीबन्दी जेलबाट भागेका छन्, कारागारबाट भागेका छन्। सायद २४ गते जो जो सडकमा देखिए, कुनै-कुनै राजनीतिक दलका प्रतिनिधिहरू पनि देखिए भनेर हरेक राजनीतिक दलले एकअर्कालाई आरोप लगाइरहेका छन्। त्यस्तप्रति पनि शंका गृहमन्त्रीले गर्नुभएको…

गगन: होइन, त्यसमा त यस्तो हुन सक्छ। शंका गर्ने होइन नि त, सरकारमा बसेको साथीले त जिम्मा लिने हो नि त। हो जस्तरी हामी के भनिरहेका छौँ, २३ गते हामी सरकारमा बसेको भए त्यसको जिम्मा हामी लिनुपर्छ भनेको जस्तै, आज कार्तिकमा यति बसिरहेको सरकारको बेलामा त जिम्मा लिनुपर्यो नि त। हामी छौँ, नआत्तिनुस्, तपाईंहरूको मद्दत चाहिन्छ। २४ गते यसरी कैदी फरार भएका मानिसहरू हामी यसलाई गर्छौं। २४ गतेको घटनामा घुसपैठ भएका मानिसहरू कसैलाई छाड्दैनौँ। तपाईंकै दलकालाई पनि छाड्दैनौँ। तपाईंको दलको परेको भयो भने त्यो बेलामा छुटाउन नआउनुहोला। यो त ठीक हो।


रूपेश: ओके, मैले भन्न खोजेको चाहिँ, तपाईंका लागि जे होस्, गलत हो। हैन? यो असंवैधानिक बाटोबाट आएको प्रधानमन्त्रीलाई मैले चिन्दिनँ भनेर तपाईंले सार्वजनिक रूपमा अभिव्यक्ति दिनुभएको थियो। अहिले पनि त्यही अडानमा हुनुहुन्छ?

गगन: मेरो व्यक्तिगत विचारमा अहिले पनि म के कुरामा प्रस्ट छु भने, त्यो बेलामा संविधानको व्याख्या जसरी भयो, त्यो गलत भयो। त्यो मेरो आफ्नो व्यक्तिगत बुझाइ हो। तर त्यो व्यक्तिगत बुझाइ एउटा कुरा हो। दोस्रो कुरा, त्यो मेरो बुझाइभन्दा फरक ढंगबाट सर्वोच्च अदालतले फैसला गर्‍यो। त्यो फैसला गरिसकेपछि सर्वोच्च अदालत संस्थाको सम्मान गर्नुपर्छ। त्यो मेरो व्यक्तिगत बुझाइ भन्दा पनि माथि हो त्यो। त्यसकारणले फैसलाप्रति मेरो असहमति रहँदा-रहँदै पनि फैसलालाई स्वीकार गरेर अब एउटा बाटो बन्यो। तेस्रो, हामी पार्टीको सदस्य हौँ। अनि पार्टीले निर्णय गर्छ। पार्टीले अब यो सरकारमा जाने, यो गर्ने, यसरी जाने भनेर निर्णय गरिसकेपछि त्यो पार्टीको सदस्यको नाताले त्यसलाई मान्नुपर्छ।

यो ठ्याक्कै कस्तो हो भने, हामी फुटबल खेल्न गयौँ, हैन? अनि रेफ्रीले एउटा निर्णय गर्‍यो, हामीलाई त्यो मन परेन। हैन? मेरो व्यक्तिगत विचारमा त्यो गलत थियो। तर रेफ्रीले निर्णय गरिसकेपछि त मैले त मान्नुपर्छ नि, नभए त खेलै हुँदैन। अनि मैले मेरो टिमको क्याप्टेनलाई भनेँ, यो गलत भयो, तर टिमको क्याप्टेनले ल ठिक छ, अब खेलौँ भनेपछि त मैले खेल्नुपर्छ। हैन भने त म टिम बाहिर बस्नुपर्छ। अहिले पनि हामीले के भनेका छौँ भने, हामीले हाम्रो पार्टीभित्र, मलाई यो बाटो मन परेको छैन। तर पार्टीले निर्णय गर्‍यो, अब यो बाटोमा जाने। त्यसकारणले अब हामी सबै त्यहाँभित्र छौँ।

रूपेश: अब नेपाली कांग्रेस पार्टीभित्रै पनि यो एक-दुईवटा विषयमा एकदमै मतान्तर थियो। जस्तो कि एमसीसी, जस्तो कि निर्वाचन प्रणाली। अब तपाईंहरूले एउटा धारणा बनाउनुभएको छ? निर्वाचनमा जाँदाखेरि अब कांग्रेसले समानुपातिक प्रणालीको पक्षमा बोल्छ कि प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा बोल्छ कि?

गगन: होइन, त्यो त्यो त टुंग्याइसकेको छ। हामीले हाम्रो केन्द्रीय समितिको बैठकबाट अहिले भर्खरै टुंग्यायौँ। यो बीचमा हामीले निर्वाचन अगाडि जानुभन्दा पहिला हाम्रो पार्टीको केही कुराहरूमा प्रस्टता चाहिन्छ भनेर हामीले छलफल गर्‍यौँ। र नेपाली कांग्रेस पार्टीले अहिलेको निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ भन्ने कुराको पक्षमा आफ्नो निर्णय गरिसकेको छ। नेपाली कांग्रेस पार्टीले अब प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ भन्ने पक्षमा पनि निर्णय गरिसकेको छ। नेपाली कांग्रेस पार्टीले एमसीसी सम्झौतालाई अनुमोदन गरेर जानुपर्छ भन्ने पनि निर्णय गरिसकेको छ। यस्ता विषयहरूमा अब नेपाली कांग्रेस पार्टीभित्र आजको दिनमा व्यक्तिगत रूपमा केही मानिसहरूले फरक मत राख्नुहोला, तर पार्टीको संस्थागत निर्णय भइसकेको छ। यो निर्णयको आधारमा हामी अब चुनावमा जान्छौँ।

रूपेश: तर, नेपाली कांग्रेस पार्टी जसको नेतृत्वमा सरकार छ, प्रधानमन्त्री हुनुहुन्छ, त्यो सरकारचाहिँ संसदीय प्रणालीअन्तर्गत छ। तपाईंहरू चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा हुनुहुन्छ। अनि चुनावमा के भनेर जानुहुन्छ?

गगन: होइन, यो यो चुनावमा हामी के भनेर जान्छौँ भने, हाम्रो अहिलेको संविधानले संसदीय व्यवस्था भनेको छ। हामीले अहिले भएको संविधानको व्यवस्थालाई हामी मान्छौँ। तर हामीलाई के लाग्छ भने, योभन्दा राम्रो व्यवस्था प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुन्थ्यो। त्यसकारणले तपाईंहरूले हामीलाई दुई तिहाइ बहुमत दिनुभयो भने हामी संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउँछौँ भनेर भन्छौँ। त्यसकारणले यो संविधानले दिएको व्यवस्थालाई मान्ने तर आफ्नो विचार चाहिँ यो हो भनेर भन्ने कुरा त त्यो त कन्ट्र्याडिक्टरी भएन नि। त्यो त प्रिन्सिपलको कुरा भयो।

रूपेश: तर, सुरक्षाको चुनौती कति देख्नुभएको छ? अस्ति भर्खरै पनि यो जुन खालको झडप भयो, झडपका क्रममा प्रहरीमाथि पनि आक्रमण भयो, प्रहरीका हतियार लुटिए। वाईसीएल विघटन भयो तर त्यो हतियार कहाँ छ भन्ने कुरा प्रस्ट छैन। अनि यस्तो अवस्थामा निर्वाचन सम्भव छ, शान्तिपूर्ण हुन्छ?

गगन: यो विषय एकदमै गम्भीर छ। र हामीले यो विषयलाई गम्भीरतापूर्वक नै लिएका छौँ। यो विषयमा हाम्रो पार्टीको बैठकमा पनि छलफल भयो। र हामीले यो विषयमा सरकार गम्भीर हुनुपर्छ र सरकारले यो विषयलाई एकदमै दृढतापूर्वक यसको सामना गर्नुपर्छ भनेर हामीले भनेका छौँ। जहाँसम्म तपाईंले भन्नुभएको वाईसीएलको कुरा छ, वाईसीएलको आधिकारिक संरचना विघटन भयो, तर त्यसको नेटवर्कहरू र त्यससँग सम्बन्धित हतियारका कुराहरू अहिले पनि छन् भन्ने कुराहरू आइरहेको छ। र यो विषयमा सरकार गम्भीर हुनुपर्छ भन्ने हाम्रो माग छ। र मलाई विश्वास छ, यदि राजनीतिक दलहरू र सरकार एक ठाउँमा प्रस्ट भएर उभियो भने हाम्रो सुरक्षा फौजले शान्तिपूर्ण निर्वाचन गराउन सक्छ।

रूपेश: कांग्रेसको पहिचान गुम्दैछ, माओवादीसँग एकता गरेपछि भनिन्छ। तपाईंहरूलाई मत दिने मान्छेले माओवादीलाई मत दिनुपर्ने बाध्यता आयो भन्ने गुनासो सुन्नुहुन्छ?

गगन: हैन, यो कुरा म सुन्छु। तर म यो कुरासँग सहमत छैन। नेपाली कांग्रेस पार्टीले आफ्नो पहिचान गुमाएको छैन। नेपाली कांग्रेस पार्टीले हिजो पञ्चायत फाल्नको निम्ति कम्युनिष्टसँग सहकार्य गर्‍यो, तर आफ्नो पहिचान गुमाएन। आज हामीले देशलाई शान्ति प्रक्रियामा लगेर संविधान बनाउनको लागि माओवादीसँग सहकार्य गरेका छौँ, तर हामीले आफ्नो पहिचान गुमाएका छैनौँ। हामी लोकतन्त्रको पक्षमा छौँ, हामी स्वतन्त्रताको पक्षमा छौँ, हामी बजार अर्थतन्त्रको पक्षमा छौँ। यी सबै कुराहरू हाम्रो पहिचान हो। र यो पहिचानलाई हामीले जोगाएर राखेका छौँ। र मलाई विश्वास छ, यो चुनावमा नेपाली कांग्रेस पार्टीले आफ्नो पहिचानलाई अझ स्थापित गर्नेछ।

रूपेश: हस्, महत्त्वपूर्ण समयको लागि धेरै-धेरै धन्यवाद छ।

गगन: धन्यवाद।