दृश्य पात्र र रहस्य
दृष्य यामले हेमन्त्त हो यो। बाहिर बर्षको पहिलो हिँउँ बाक्लो परेको छ, सेताम्म्य बाहिरको दृष्य हेरिरहँदा मनमा चिसो पस्यो। तापक्रमको हिसावले, मेरो कोठा, जहाँ बसेर म बाहिर नियालिरहेको छु, १८ देखि २० सेल्सियसको हाराहारीमा होला। तर मनमा पसेको चिसो तापक्रमसँग सम्बन्धित थिएन। बाहिर निकैबेर नियाल्न मन लाग्यो, मेरा नजरहरू फुरूरूरू उडेका हिउँका पत्ताहरूमा भएका भएपनि वातावरणमा घटेका घटनाहरूसँग खासै मेरो दिमागी एकाग्रता थिएन, दृष्यहरू आँखाबाट पसेर दिमागमा नपुगी बीचै बिलाइरहेका थिए। सोचको डोरो अन्यत्रै ब्यस्त थियो। यसैबीच दृष्यमा मनुवाहरू समान्य रूपमा आवतजावत गरिरहेकै थिए। छाला खासै चिसो नभएपनि दिमाग झन् चिसो हुँदै थियो। ...