आँशु हाँसोे
आँशु हाँसो रत्ती आँशु तिमी नरोइदेऊ बरू एक अट्टाहस मेरो लागि हाँसिदेऊ संवेदनै त हुन् यिनीहरू वस रोदनलाई उमङ्गमा बदलिदेऊ एक चुट्किला सुन तिमी निस्फिक्री वातावरण गुञ्जाइदेऊ दुःखका कहानी सुन्यौ भने तर अन्तस्करणमै तिनलाई बिलाइदेऊ यो नियम हो समाजको हाँसो यहाँ सर्वस्वीकार्य छ किञ्चित आँखा नरसाइदेऊ तिमी कमजोरी यहाँ वर्जित छ आँसुलाई जबरजस्ती यहाँ कलङ्को टीका लगाइएको छ वस् अर्को समवेदना हाँसोलाई महानताको पगरी गुथाइएको छ लुकाइदेऊ हजार प्रयासको इतिहास आसफलता समाजमा घृणित छ बरू एक तक्मा जितिदेऊ तिमी विजय यहाँ सम्मानित छ ...